पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाइ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पत्रकारितालाई विकसित, व्यवसायिक र समृद्ध बनाउन प्रतिवद्ध रहेको संचारमन्त्री शर्माको भनाइ

काठमाडौ , फागुन ७
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध र क्रियाशील रहेको उल्लेख गर्नुभयो । राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर÷अवस्था बदल्नका लागि पनि सँगसँगै हुनु जरुरी रहेको बताउनु भयो ।

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पु¥याउने र जनताको आशा, अपेक्षा र गुनासाबारे सरकारलाई सचेत गराएर लागि सहजिकरण गर्नुपर्ने बताउनु भया

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);