पर्साको वीरगञ्जमा सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालीन र्कर्फ्यू जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

पर्साको वीरगञ्जमा सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालीन र्कर्फ्यू जारी

काठमाडौ , फागुन ७ पर्साको वीरगञ्जमा सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा सोमबार भएको प्रदर्शन उग्र हुने र शान्ति सुरक्षा बिग्रने आशंकामा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश छ ।

कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ ।

कर्फ्युलाई अटरी गर्नेमाथि कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);