काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकका लागि तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल निष्कर्षमा पुुग्न सकेन ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा सहमति जुटाउन नसकेपछि बिना निष्कर्ष टुंगिएको हो ।
महासमिति बैठकको उद्घाटनपछि बैठक पुन बस्ने सहमति भने भएको छ ।
चुनाव अघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ ।