आज नेपाल नामिबियासँग प्रतिष्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

आज नेपाल नामिबियासँग प्रतिष्पर्धा गर्दै

काठमाडौं,३ फागुन । आइसिसि विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसिसी विश्वकप लिग–२ (२०२३–२०२७) को शुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो ।

नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीवार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।

यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।

Leave a Reply