काठमाडाैं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका पछिल्ला निर्णय संविधान, कानुन र राष्ट्रको हित विपरित रहेको गम्भीर आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले राष्ट्रलाई दिर्घकालीन हानी पुर्याउने गरी आएका सरकारका पछिल्ला निर्णय तत्काल पुर्नविचार नगरे नयाँ बन्ने सरकारले त्यसलाई उल्टाउने चेतावनी दिएका छन् ।
बिहीबार धुम्वाराहीस्थित पार्टी केन्दिय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले काम चलाउ सरकारका पछिल्ला निर्णय अनैतिक, अनुचित र देशहित विपरित रहेकाले नयाँ सरकार पनर्विचार गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
सरकारको ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई भत्ता उपलब्ध गराउने, भूकम्प पीडितलाई आवास निर्माणका लागि १ लाख थप गर्ने लगायतका पछिल्लो निर्णय मुलुकलाई आर्थिक रुपमा चौपट बनाउने गरी आएको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।
अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता र सरकार गठनको विषय अलग अलग विषय भएकाले त्यसै रुपमा बुझिदिन पनि आग्रह गरे । उनले सरकार गठन र पार्टी एकीकरणको कुनै सम्बन्ध नरहेको स्पष्ट पारे । अध्यक्ष ओलीले माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका गरिरहन नपर्ने बताए ।