माओवादीको विधान सम्मेलनमा चार विषय थपिने | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

माओवादीको विधान सम्मेलनमा चार विषय थपिने

काठमाडौं,२९ माघ । माओवादीले समाजवादको बाटोमा अघि बढ्ने भन्दै चार आधार र पार्टी निर्माणका लागि थप चार विषय विधानमा समेट्ने भएको छ । मंगलबारदेखि सुरु हुने विधान अधिवेशनमा पेस गर्ने मस्यौदामाथिको छलफलमा स्थायी समिति बैठकले संविधानले व्यवस्था गरेअनुसार समाजवादको बाटोमा अघि बढ्ने विषय विधानमा समेट्ने निर्णय गरेको हो ।

माओवादीले समाजवादको बाटोमा अघि बढ्न कृषि क्रान्ति, औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान प्रविधिलाई प्रमुख आधार बनाएर विधानको प्रस्तावनामै राख्ने भएको छ । त्यस्तै पार्टी निर्माणका लागि चार पुनर्गठन वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक विषयलाई पनि विधानमा समेट्ने भएको छ । स्थायी समितिमा सदस्यले दिएको सुझावलाई समेटेर पदाधिकारी टिमले अन्तिम रूप दिनेछ । त्यसको संयोजन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ । स्थायी समितिले केन्द्रीय समिति १५१ सदस्यीय हुने टुंगो लगाएको छ । हाल करिब साढे चार सय सदस्य रहेको केन्द्रीय समिति छ ।

पोलिटब्युरो एक तिहाइ र स्थायी समिति पोलिटब्युरोको एक तिहाइ हुने प्रावधान छ । विधानले सबै समितिमा ३३ प्रतिशत महिला र समावेशी, महिला, जनजाति, मुस्लिम, अल्पसंख्यक समेटेर ४० प्रतिशत युवा सहभागिताको प्रावधान राखेको छ । युवाको नेतृत्व विकासका लागि प्रत्यक्ष निर्वाचित प्रावधान राख्नुपर्ने प्रस्ताव पनि परेको जनाइएको छ । तर यसमा चुनाव जित्न शक्ति, पैसा प्रयोग हुने भन्दै असहमतिको आवाज पनि उठेको छ ।

विधान मस्यौदामा माओवादीका सबै तहका समितिमा ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट सदस्य चयन हुने उल्लेख छ । विधानमा ‘एक व्यक्ति एक कार्यकारी’ पदमा रहनुपर्ने प्रावधान राख्ने सुझाव पनि आएको छ । स्थायी समितिका सबै नेताले विगतका विधान पूर्णरूपमा कार्यान्वयन नभएका कारण समस्या आएको भन्दै कार्यान्वयनमुखी बनाउन जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);