१५ हजार नेपाली रुसी सेनामा भर्ना भएको सीएनएनको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

१५ हजार नेपाली रुसी सेनामा भर्ना भएको सीएनएनको दाबी

काठमाडौं,२९ माघ । अमेरिकी सञ्चारमाध्यम ’सीएनएन’ ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । रुस सरकारले गएको वर्ष विदेशी लडाकुलाई सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजारजना नेपाली रुसी सेनामा भर्ना भएको सीएनएनले दाबी गरेको हो । यो संख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो ।

रुसी प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ । सूचकांकअनुसार नेपाली राहदानी विश्वव्यापी गतिशीलताका लागि संसारमा सबैभन्दा खराबमध्ये उत्तर कोरियाको भन्दा तल १०३ औँ स्थानमा छ । नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।

सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका सिएनएनको रिपोर्ट छ । धेरैजसो यूएई वा भारत हुँदै रुस पुगेका छन् । रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ना गराउन पठाएको आरोपमा गएको महिना १८ जनालाई पक्राउ गरेको छ ।

सरकारले अहिले नागरिकलाई कामका लागि रुस जान प्रतिबन्ध लगाएको छ भने पर्यटक भिसामा यूएई जस्ता देशमा जानेहरूलाई नियममा कडाइ गरेको छ । परराष्ट्र मन्त्रालयले गएको डिसेम्बरमा नेपाली नागरिक भर्ना नगर्न र युद्धमा ज्यान गुमाएकाहरूको शव स्वदेश पठाउन रुसलाई आग्रह गर पनि त्यससम्बन्धमा कुनै प्रगति भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);