मोदीले आज १ लाखलाई नियुक्ति पत्र वितरण गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

मोदीले आज १ लाखलाई नियुक्ति पत्र वितरण गर्दै

modi address

काठमाडौं,२९ माघ । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार केन्द्र सरकारका विभागहरूमा नियुक्त एक लाखभन्दा बढी उम्मेद्वारहरूलाई रोजगार मेलामा नियुक्ति पत्र वितरण गर्ने छन् । सो अवसरमा प्रधानमन्त्रीले एकीकृत कम्प्लेक्स कर्मयोगी भवनको पहिलो चरणको शिलान्यास पनि गर्नेछन् । यस क्याम्पसले मिशन कर्मयोगीका विभिन्न स्तम्भहरू बीचको सहकार्य र तालमेललाई बढावा दिनेछ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री मोदीले फेब्रुअरी १२ मा बिहान १०ः३० बजे भिडियो कन्फरेन्समार्फत एक लाखभन्दा बढी नवनियुक्त उम्मेदवारहरूलाई नियुक्ति पत्र वितरण गर्नेछन्। यो रोजगार मेला देशका ४७ स्थानमा आयोजना हुनेछ ।

राजस्व विभाग, गृह मन्त्रालय, उच्च शिक्षा विभाग, परमाणु ऊर्जा विभाग, रक्षा मन्त्रालय, आर्थिक सेवा विभाग, स्वास्थ्य मन्त्रालय, परिवार कल्याण, जनजाति मामिला मन्त्रालय र रेल मन्त्रालय जस्ता विभिन्न मन्त्रालय र विभागहरूमा नयाँ भर्ना गरिएको छ। राज्य र केन्द्र शासित प्रदेश सरकारहरूले यस पहललाई समर्थन गरिरहेका छन्।

रोजगार मेला मुलुकमा रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्ने दिशामा रोजगार मेला भएको विज्ञप्तिमा उल्लेख छ । मेलाले रोजगारी सृजनालाई बढावा दिने र युवाहरूलाई सशक्तिकरण र राष्ट्रिय विकासमा सहभागिताका लागि लाभदायक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ, विज्ञप्तिमा भनिएको छ।

नवनियुक्त कर्मचारीहरूले पनि ष्न्इत् कर्मयोगी पोर्टलमा अनलाइन मोड्युल ’कर्मयोगी प्रमदा’ मार्फत आफूलाई तालिम दिने अवसर पाइरहेका छन्। जुन विभिन्न सरकारी विभागहरूमा सबै नवनियुक्त कर्मचारीहरूको लागि अनलाइन अभिमुखीकरण पाठ्यक्रम हो। कर्मयोगीसँग प्रारम्भिक रूपमा सिक्नको लागि डडण् भन्दा बढी ई–लर्निङ पाठ्यक्रमहरू उपलब्ध छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);