‘नेताहरु सत्तामा टिकीराख्न आफूविरुद्ध बोल्नेलाई समाप्त पार्न तल्लिन छन्’ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

‘नेताहरु सत्तामा टिकीराख्न आफूविरुद्ध बोल्नेलाई समाप्त पार्न तल्लिन छन्’

काठमाडौं,२४ माघ । नेकपा (एकीकृत समाजवादी)का नेता नवराज पौडेलले नेताहरु नयाँ सामन्तवादी बन्दै गएको टिप्पणी गरेका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘माउन्टेन सम्बाद’मा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

विशेषतः साम्यवादको वकालत गर्ने दलका नेताहरुले नै व्यवहारतः आफुले आफुलाई नै सामन्तीवादी प्रमाणित गर्दै गइरहेको उनले बताए । उनले भने,“त्यसको पछिल्लो ज्वलन्त उदाहरण हुन् प्रधानमन्त्री प्रचण्ड । प्रचण्ड पनि आफुलाई सर्वोपरी ठान्दै श्रीपेच खोज्ने पथमा हिडिरहेको देखिएको छ । नेपाली राजनीति यतिसम्म विकृति भएको छ की आफु सत्तामा बसिराख्नका लागि आफूविरुद्ध बोल्नेलाई समाप्त पार्न तल्लिन छन् ।”

नेता पौडेलले समाजवाद,लोकतन्त्रवाद र प्रजातन्त्रवाद जुनसुकै वादको वकालत गरेपनि अनुचित लेनदेनमा सबै दल एउटै कित्तामा आउने गरेको समेत दाबी गरे । “पछिल्ला घटनाक्रमले पृष्टि गर्दै गइरहेको छ ।”–उनले भने ।

यस्ता विकृति,कु–संस्कारविरुद्ध र आमुल परिवर्तनका लागि पार्टीभित्र कार्यकर्ताहरुले एक किसिमको विद्रोह गर्नुपर्नेमा उनले जोड दिए । कु–सस्कारविरुद्ध मौन बसेर समस्याको समाधान नहुने उनको तर्क थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);