गाजा युद्ध समाधानका लागि इजिप्टका राष्ट्रपतिले ब्लिन्केनलाई भेटे | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गाजा युद्ध समाधानका लागि इजिप्टका राष्ट्रपतिले ब्लिन्केनलाई भेटे

काठमाडौं,२४ माघ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ । मंगलवार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पु¥याउने प्रयासहरूबारे छलफल भएको हो ।

इजरायल र हमास बीचको युद्धविरामलाई सुदृढ गर्न क्षेत्रीय भ्रमणको एक भागको रूपमा काइरो आइपुग्नुभएका ब्लिन्केनले इजिप्टसँगको रणनीतिक साझेदारी र यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने भुमिकाका लागि अमेरिकी समर्थन पनि व्यक्त गर्नुभयो इजिप्टका विदेशमन्त्री समेह शौकरी र गुप्तचर प्रमुख अब्बास कामेल बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

ब्लिन्केनले इजिप्टको क्षेत्रमा स्थायित्व प्रवद्र्धन गर्ने प्रयासको प्रशंसा गर्दै गाजामा जारी द्वन्द्वलाई बिस्तार हुन नदिन इजिप्टसँग निरन्तर समन्वय गर्न इच्छुक रहेको बताउनु भयो । सिसीले संयुक्त राष्ट्र संघ र अन्य राहत एजेन्सीहरूसँगको सहयोगमा गाजामा मानवीय सहायता प्रदान गर्न इजिप्टको प्रयासलाई प्रकाश पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);