स्काउटको निर्वाचन कार्यक्रम नरोक्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

स्काउटको निर्वाचन कार्यक्रम नरोक्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं,२४ माघ । सर्वोच्च अदालतले स्काउटको निर्धारित निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयले स्काउटको कार्यक्रम रोक्न भनी पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।

स्काउटका तर्फबाट लोकबहादुर भण्डारीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र युवा तथा खेलकुद मन्त्रालयका पत्र कार्यान्वयन नगर्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषदको निर्वाचन तय गरेको थियो । निर्वाचन सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्यालयबाट गएको निर्देशनका आधारमा युवा मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएपछि त्यसलाई चुनौती दिदै नेपाल स्काउट सर्वाेच्च पुगेको हो । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि निर्वाचनका कार्यक्रम यथावत रुपमा चल्ने नेपाल स्काउटले जनाएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाएको छ । नेपाल स्काउटमा विभिन्न तहबाट चुनिँदै आएका प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी चयन गर्छन । नयाँ पदाधिकारी चयन गर्न स्काउटले निर्वाचन कार्यक्रम तय गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);