काठमाडौं,२३ माघ । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन आगामी माघ २७ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । विशेषगरी नेपाल चीन व्यापारको ठुलो मेरुदण्डका बोकेको यो संघका आगामी नेतृत्व कसले गर्ने बन्नेमा तीव्र प्रतिशपर्धा सुरु भएको छ । यसै शिलशिलामा अन्य पदहरुमा भन्दा अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले मनोनयन दर्ता गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । जसमा लोप्साङ शेर्पा र रामहरी कार्कीको उम्मेदवारी परेको छ ।
आखिर को हुन अध्यक्ष पदमा उम्मेदवारी दिने लोप्साङ शेर्पा ?
सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेग चीनको सिमानामा रहेको भोटेकोशीमा २०४२ सालमा जन्मिएका शेर्पा अत्यन्तै मिलनसार, मृदुभासी स्वभाव र व्यापारी क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो दख्खल भएका व्यक्तिका रुपमा परिचित छन । माध्यमिक र उच्च माध्यमिक तह काठमाडौंमा अध्ययन गरेका शेर्पाले स्नातक तह भने चीनको सन यात सेन युनिभर्सिटीमा अध्ययन गरेका हुन । उम्मेदवार शेर्पाले ढेड दशक भन्दा लामो नेपाल चीन व्यापारमा राम्रो सम्बन्ध स्थापित मात्रै गरेका छैनन २०६४ साल देखि तातोपानी नाकामा नेपालतर्फको चीनियाँ भाषामा अनुवादको सक्रिय रुपमा रहँदै चीनबाट सामानहरुको आयात कर्तामा राम्रो भुमिका निर्वाह गर्नु भएको अनुभव उहाँ संग छ । शेर्पा विगतमा नेपाल हिमालय सीमापार कार्य समितिमा सचिव, सल्लाहाकार र विदेश विभागमा समेत रहेर आफनो दख्खलता देखाइसकेका छन । शेर्पाले हाल चीनबाट आयात गरिने सामानहरुको नमस्ते लजिस्टिकको अध्यक्षको रुपमा कार्यरत छन ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका शेर्पाको के छ नयाँ एजेण्डा र रणनीति ?
नेपाल चीन व्यापार सम्बन्धी राम्रो अनुभव र सक्रिय युवा व्यापारी लोप्साङ शेर्पाको अध्यक्षमा निर्वाचित भइरहँदा अन्य भन्दा फरक र बेग्लै किसिमको एजेण्डा र रणनीतिहरु रहेका छन । “सिमित व्यक्तिहरुको खल्तीको संस्था हो भन्ने भ्रमलाई तोड्दै चीन नेपाल व्यापार व्यवासाय गर्ने सच्चा व्यवसायहरुको हितको निम्ति नेपाल र चीनमा व्यवसायीहरुले भोक्नु समस्याहरुलाई समन्वय सहकार्य गर्दै संस्थाको विधानअनुसार समूहिक रुपमा नेतृत्व प्रधान गर्नु नै मेरो उम्मेदवार हो” शेर्पाको भनाई छ । त्यसैगरी संघको गतिविधिलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन र नेपाल–चीन व्यापार सम्बन्धलाई अझ व्यापक बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको शेर्पाको उदघोष छ ।
पछिल्लो समय यस संस्थामा केही व्यक्तिहरुको ज्यादती र व्यक्तिबादीहरुको एकलौटीका कारण संस्थामा असन्तुष्टि चुलिँदै गएको छ । यस किसिमको ज्यादती र व्यक्तिबादीहरुको एकलौटीलाई चिर्नका लागि पनि शेर्पाको उम्मेदवारी अनिवार्य रहेको संस्थाका केही पदधिकारीहरुको भनाई छ । ‘हामीले यस संस्थामा भएको विकृतीहरु खुलेर बोल्न सकेका छैनौं नयाँ नेतृत्व आएपछि सबैको असली रुप पर्दाफास गर्ने छौं’ नाम नखुलाउने शर्तमा एक पदाधिकारीले माउन्टेन टिभीसंग भने ।