काठमाडौं,२३ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ । म्याद गुज्रिएका करोडौँ मुल्यको अखाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी बजारमा बिक्री वितरण गरेको पाइएपछि सिल गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भइरहेको भन्ने गोप्य सूचनाको अधारमा यस कार्यालयबाट खटिएका विशेष प्रहरी टोली र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले सप्रमाण फेला पारेपछि उद्योगमा सिल गरेको हो ।
प्रहरीले मिति मेट्न प्रयोग हुने सामाग्री, ठुलो परिणाममा म्याद गुज्रिएको सामाग्री बरामद गरेको छ । मिनाक्षि खाद्य उद्योगका सञ्चालकलाई आवश्यक कागजात सहित तीन दिन भित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।