सूर्यदर्शन सहकारी पीडितले दिए रवि लामिछाने,दिपेश पुनसहित १८ जनाविरुद्ध उजुरी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सूर्यदर्शन सहकारी पीडितले दिए रवि लामिछाने,दिपेश पुनसहित १८ जनाविरुद्ध उजुरी

काठमाडौ्रं,२३ माघ । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पूरक’ जाहेरी दिएको पुष्टि गर्दै यो विषयमा पहिल्यै उजुरी दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नु नपर्ने जनाएको छ ।

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको
प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित पक्राउ पुर्जी जारी गरेको १९ मध्ये १५ जना फरार छन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड बढी हिनामिना गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);