हिउँदै अधिवेशनको पहिलो बैठक अघि सभामुखले बोलाए परामर्श समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

हिउँदै अधिवेशनको पहिलो बैठक अघि सभामुखले बोलाए परामर्श समितिको बैठक

काठमाडौं,२२ माघ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको सो समितिको बैठक सोमबार साढे १ बजेका लागि बोलाएका हुन् ।

आज हिउँदै अधिवेशनको पहिलो बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ, त्यो भन्दा अगाडी नै बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत गर्नेसहितका विषयमा छलफल हुने जनाइएको छ ।

घिमिरेले सातामा ३ दिन सदनको बैठक र अर्को ३ दिन संसदीय समितिको बैठक बस्न मिल्नेगरी क्यालेन्डर प्रस्ताव गरेका छन् ।

सभामुखसँगै कानुनमन्त्री, प्रतिनिधी सभामा रहेका सबै दलको प्रमुख सचेतक,सचेतक र दलले तोकेका प्रतिनिधीहरु सदस्य समितिको बैठकमा सहभागी हुन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);