काठमाडौं,२२ माघ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनभन्दा अगाडी नै उमेर पुुगेका र नाम छुटेकाहरुलाई नामावली दर्ता गर्न आह्रवान गरेको हो ।
०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । सो निर्वाचनमा निर्वाचित भएका विभिन्न कारणले २३ जनाको पद अहिले रिक्त रहेको छ ।