देशभरका सिनेमा हलहरु आज बन्द,दोहोरो कर प्रणाली धान्न नसक्ने भनाइ | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

देशभरका सिनेमा हलहरु आज बन्द,दोहोरो कर प्रणाली धान्न नसक्ने भनाइ

काठमाडौं,२२ माघ । देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् ।

संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय गरेको हो सरकारले लगाएको चलचित्र विकास शुल्क तथा स्थानीय शुल्कजस्ता अव्यावहारिक कर कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै आज सञ्चालकहरूले हल बन्द गरेका हुन् ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको , अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाएको छ । संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने संघले स्पष्ट गरेको छ ।

सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);