एजेन्सी, १९ माघ ||
२०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो । तथ्याङ्क इण्डोनेसियाका कार्यवाहक प्रमुख अमालिया विद्यसान्तीले भने कि २०२३ मा विदेशी आगमनको संख्यामा कोभिड १९ महामारीपछि नयाँ रेकर्ड भएको बताउनु भयो । यद्यपि इन्डोनेसियाको पर्यटन महामारीबाट पूर्ण रूपमा निको हुन सकेको छैन । २०१९ मा पर्यटक आगमन संख्या १६.११ मिलियन पुगेको थियो । डिसेम्बर १.१४ मिलियन विदेशी भ्रमणका साथ शिखर सिजनको रूपमा रेकर्ड गरिएको थियो । गत वर्ष मलेसियाबाट सबैभन्दा बढी १९ लाख, अष्ट्रेलियाबाट १.४३ मिलियन र सिंगापुरबाट १.४१ मिलियनले भ्रमण गरेको बताइएको छ । बाली विमानस्थलबाट सबैभन्दा बढी विदेशी पर्यटक ५२ लाख अर्थात ४४.९४ प्रतिशत भित्रिएका छन् । २०२३ मा बसाइको औसत लम्बाइ ८.५ दिन रेकर्ड गरिएको थियो ।
सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन दोब्बर
ताजा समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
४ घन्टा अघि
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै
४ घन्टा अघि
काँग्रेस संसदीय दलको बैठक शुरु
२४ घन्टा अघि
फिलिपिन्सका उपराष्ट्रपतिबिरुद्ध महाभियोग
१ दिन अघि