नेपाललाई दिने अनुदानमा बृद्धि गर्दै भारत सरकारले ल्यायो ४ सय ७६ खर्ब बराबरको बजेट | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

नेपाललाई दिने अनुदानमा बृद्धि गर्दै भारत सरकारले ल्यायो ४ सय ७६ खर्ब बराबरको बजेट

काठमाडौं,१९ माघ । भारत सरकारले वित्त वर्ष २०२४/२५ का लागि ४ सय ७६ खर्ब भारु बराबरको बजेट ल्याएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्षका लागि ४७.६६ लाख करोड अर्थात् ४७६ खर्ब ६ सय करोड भारु बराबरको अनुमानित अन्तरिम बजेट ल्याएकी हुन् ।

जुन नेपालको आर्थिक वर्षको बजेटको तुलनामा २७ गुणाले ठुलो हो । ४७६ खर्ब बराबरको अन्तरिम बजेट ल्याएको भारत सरकारले घाटाको बजेट कार्यान्वयनका लागि ३०.८० लाख करोड अर्थात् ३०८ खर्ब भारु राजस्व, भन्सार तथा विभिन्न ऋणपत्रहरूमार्फत उठाउने जनाएको छ । सोमध्ये २६.०२ लाख करोड अर्थात् २६० खर्ब २० अर्ब राजस्वबाट उठाइने र १४१ खर्ब ३० अर्ब भारु सरकारी ऋणपत्रबाट उठाउने लक्ष्य भारतले राखेको छ ।

यसैबीच भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब विनियोजन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);