काठमाडौं,१८ माघ । विभिन्न देश पठाइदिने भन्दै ६ सय बढीको रकम उठाएर ठगी गर्ने विकास वाईवा पक्राउ परेका छन् ।
बालाजुमा युरो विङ्स कन्सल्टेन्सी सञ्चालन गर्दै आएका गुरुङ नक्कली परिचयपत्र बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनले माल्टा,पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६ सय भन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ ।
मंगलबार पक्राउ गरेर प्रहरीले उनलाई आज सार्वजनिक गरेको हो ।




