रास्वपाले संसदीय दलको बैठक बोलायो | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

रास्वपाले संसदीय दलको बैठक बोलायो

काठमाडौं,१८ माघ । संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी हिउँदे अधिवेशनमा तयारीका साथ प्रस्तुत हुनका लागि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

बैठक शुक्रवार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको हो । कानुन बनाउन अघिल्लो संसद् अधिवेशन प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै रास्वपाले अब भने कार्य योजनासहित दबाब आवश्यक रहेकाले सोहीअनुसार प्रस्तुत हुने तयारी गरेको हो । जसअनुसार सभापति रवि लामिछानेले प्रभावकारी कार्य योजना बनाउन आफ्ना सांसदहरूलाई तीन बुँदे लिखित प्रश्न पठाएर बैठकअघि होमवर्क दिनुभएको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालले तीन बुँदे प्रश्नमाथि छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको वाचापत्रमा उठाएका मुद्दा र अधिवेशनमा बन्नुपर्ने कानुनबिच कसरी तालमेल ल्याउन सकिन्छ भन्ने विषयमाथि बैठकमा छलफल हुनेछ । संसदको अधिवेशन माघ २२ बाट सुरु हुँदै छ । सांसदलाई सोधिएको प्रश्नको पहिलो नम्बरमा तत्काल बन्नुपर्ने ४० वटा कानुन तपाईँले प्रतिनिधित्व गर्ने समितिमा कुन कुन पर्छन् ?

तीमध्ये कुन कुन कानुन प्रक्रियामा छन् ?’ भनेर सोधिएको छ । यसै गरी दोस्रो नम्बरमा ‘बन्नुपर्ने कानुन हाम्रो वाचा पत्रको कुन मुद्दामा सम्बोधन गर्न सकिन्छ ? र तेस्रो नम्बरमा तपाईँले संसदमा उठाउन चाहेका नागरिकका मुद्दा र समस्या के के हुन् ? भन्ने प्रश्न सोधिएको छ । अत्यावश्यक कानुन निर्माण, वाचा पत्रमा समावेश भएको मुद्दासँग तालमेल र नागरिकका समस्याका विषयमा फारम भरेर पठाउन सभापति रविले निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । संसदमा रास्वपाका २१ जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);