काठमाडौं,१८ माघ । नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको सुचना प्रकाशित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धालाई खुम्चाउने गरी सुचना प्रकाशित गरेपछि विवादमा मुछिएको हो ।
मन्त्रालयको सुचनामा दुरसञ्चार नियमावली विपरित योग्यता तय गर्दै स्वघोषणा फारम गरेर नियुक्तिको सुचना निकालेको हो । टेरामक्स विवादपछि गत पुस २४ गते तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका हुन् । त्यसयता सो पद रिक्त छ । सञ्चार तथा सूचना प्रविधि सचिव रामृकष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सुचना प्रकाशित भएको छ ।
सुचनामा निजी क्षेत्रमा सरकार बाहिर बसेर सञ्चार प्रविधिमा काम गरेको १० वर्ष काम गरेकाहरु सो पदमा योग्य हुने गरी सुचनामा उल्लेख छ ।