आज माघ १७ गते बुधबार, हेर्नुहोस राशिफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

आज माघ १७ गते बुधबार, हेर्नुहोस राशिफल

काठमाडौं,१७ माघ । आज ३१ जनवरी २०२४ बुधबार । सबै राशिका लागि मिश्रित फल दिनेछ । आज केही राशिका परिवारमा शुभ कार्यको सम्भावना रहेको छ भने केही राशिका व्यक्तिलाई यात्रामा जानुपर्ने देखिन्छ । आजको राशिफल पढौं र जानौं सबै राशिका लागि आजको दिन कस्तो रहनेछ ।

मेष राशि
आजको दिन तपाईका लागि उतारचढावको दिन रहनेछ। शारीरिक तथा मानसिक पीडाले सताउनुका साथै कुनै काम गर्न मन लाग्दैन । व्यवसायिक कामको लागि बाहिर जानु पर्न सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला, व्यापारमा नयाँ कामको सुरुवात नगर्नुहोस्।

वृष राशि
आज यात्रा आदिमा बाहिर निस्कन सकिनेछ, स्वास्थ्यको ख्याल राख्नुहोला। अत्याधिक कामका कारण कमजोरी महसुस हुन सक्छ, मन अशान्त रहनेछ। व्यापार व्यवसायमा प्रतिपक्षबाट घाटा बेहोर्नु पर्नेछ ।

मिथुन राशि

आज तपाईं वादविवादमा फस्न सक्नुहुन्छ, पारिवारिक विवादबाट टाढा रहनुहोस्। व्यवसायिक साझेदारहरूसँग वैचारिक मतभेद हुन सक्छ, व्यापारमा ठूलो जोखिम नलिनुहोस्। प्रियजनबाट माया र स्नेह प्राप्त हुनेछ, अहिले नयाँ काम सुरु नगर्नुहोस्।

कर्कट राशि
आज चिनजानका कारण व्यापारमा घाटा बेहोर्नु पर्नेछ । आज लामो यात्रा नगर्नुहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। पारिवारिक मतभेदबाट टाढा रहनुहोस् र कुनै नयाँ कामको सुरुवात नगर्नुहोस्।

सिंह राशि
आजको दिन राम्रो रहनेछ, स्वास्थ्य राम्रो रहनेछ। कुनै आध्यात्मिक व्यक्तिलाई भेट्नुपर्नेछ, उहाँको मार्गदर्शन तपाईको जीवनको लागि लाभदायक हुनेछ। आज व्यापार आदिमा राम्रो नतिजा मिल्नेछ, परिवारमा शुभ घटनाहरू हुनेछन्।

कन्या राशि
आजको दिन राम्रो रहनेछ, आज नयाँ गाडी वा घर किन्न सकिनेछ। कसैको घरमा शुभ कार्यक्रममा सहभागी हुनुपर्नेछ । नयाँ कामको योजना बनाउन सकिनेछ । परिवारका सदस्यहरुबाट सहयोग मिल्नेछ ।

तुला राशि
आज तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुका साथै खानपानमा नियन्त्रण राख्नुपर्छ। कसैलाई ठूलो रकम ऋण नदिनुहोस्। व्यापारमा पुरानो साझेदारको कारणले घाटा बेहोर्नु पर्नेछ, वादविवादबाट टाढा रहनुहोस्।

वृश्चिक राशि
आज तपाईको स्वास्थ्यमा ह्रास आउनेछ, कामको अत्याधिक कारणले मानसिक तनाव र शारीरिक थकान रहनेछ। केही कामका कारण लामो दुरीको यात्रा गर्नु पर्ने हुनसक्छ । नजिकको व्यक्तिको कारण विवादमा फस्न सक्छ, परिवारसँग मतभेद हुन सक्छ।

धनु राशि
आज कुनै धार्मिक यात्रा आदिमा जान सकिनेछ, मन प्रसन्न रहनेछ। घरपरिवारमा शुभ कार्यहरू हुनेछन्, मन अध्यात्मतर्फ आकर्षित हुनेछ। स्वास्थ्यमा केही उतारचढाव आउनेछ। व्यापारमा नयाँ काम आउनेछ, नयाँ गाडी वा घर आदि किन्न सकिनेछ।

मकर राशि
आज बाहिरी यात्रामा जान सकिनेछ, सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । घरपरिवारमा कुनै कुरामा मतभेदको सामना गर्नु पर्नेछ। व्यवसायमा पुराना सहकर्मीबाट धोका हुन सक्छ। कार्यस्थलमा अवरोध आउनेछ । भइरहेका काम बिग्रन सक्छन् ।

कुम्भ राशि
आज तपाईलाई स्वास्थ्य लाभ हुनेछ र तपाईलाई व्यापारमा सफलता मिल्नेछ। आर्थिक स्थिति बलियो हुनेछ, कार्यस्थलमा नयाँ सम्बन्ध स्थापित हुनेछ। जागिरे व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । परिवार तथा समाजमा मान–सम्मान बढ्नेछ, अदालतमा प्रतिद्वन्द्वी पराजित हुनेछन्।

मीन राशि
आज विशेष अतिथिको आगमनले मन खुसीले भरिनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ । आज तपाईलाई चिनेका व्यक्तिबाट घाटा लाग्न सक्छ। कार्यक्षेत्रमा सासुरवासीबाट सहयोग मिल्नेछ । श्रीमतीको स्वास्थ्यमा चिन्ता रहनेछ, आज नयाँ काम हात लाग्न सक्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);