२८ हजारले गरे छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेलाको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

२८ हजारले गरे छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेलाको अवलोकन

काठमाडौं,१५ माघ । कृषि क्षेत्रमा प्रविधि भित्र्याउने उद्देश्यले गरिएको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला समापन भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रूपमा गत शुक्रवारदेखि आईतवार (आज) सम्म काठमाडौंको भृकुटीमण्डपमा गरेको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला सकिएको हो ।

मेलामा किसानलाई आवश्यक प्रविधिमात्रै नभई उत्पादनदेखि बजारीकरणसम्मका विषयबारे जानकारी गराइएको थियो । मेलामा नेपाल, भारत, चीन, जर्मनी, टर्की र जापानका कम्पनीले भाग लिएका थिए । नेपालको पहाडी भूभागका लागि उपयुक्त हुने जापानी प्रविधिको मोनोरेलदेखि अन्य कृषि प्रविधिहरुको प्रदर्शनी गरिएको थियो । मेलाका संयोजक सिर्जल भट्टराईले विगतका मेलाहरु भन्दा छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला राम्रो भएको बताउनु भयो । उहाँले मेलामा सहभागितामा देखिएको उत्साह,किसानहरुको मेला अवलोकन र सेमिनारहरुमा उठेको जिज्ञासाका आधारमा आयोजकले सोचेको भन्दा उत्कृष्ट रहेको बताउनु भयो । उहाँले २५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा भए पनि करिव २८ हजार किसानले मेलाको अवलोकन गरेको बताउनु भयो । उहाँले नेपालको कृषि क्षेत्रको सुधार गरी उत्पादकत्व बढाउनको लागि कृषि प्रविधि भित्र्याउन राज्य संयन्त्र नै लाग्नुपर्ने सन्देश मेलाले दिएको बताउनु भयो । किसान र स्थानीय तहका जनप्रतिनिधिको मेला अवलोकनले मेलामा राखिएका कृषि प्रविधिलाई स्थानीय तहमा पु¥याउनु सक्नुपर्ने प्रतिक्रिया आएको उहाँको भनाई छ ।

छैटौं नेपाल एग्रोटेकमा सहभागी कोल्ड स्टोर उद्योग नेपकुल इन्ड्रष्ट्रिज प्रा.लि. सञ्चालक फेकन महतोले कृषिलाई सुधार गर्न नेपालका बनेका कृषि प्रविधिको बारेमा जानकारी दिन जरुरी रहेको बताउनु भयो । उहाँले त्यसको लागि छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको बताउनु भयो । सञ्चालक महतोले मेला अवलोकनकर्तालाई नेपालमा बनेको कृषि प्रविधिको जानकारी दिने उद्देश्यले जनाईको सहभागिता पूर्ण भएको बताउनु भयो । उहाँले मेलामा देखिएको उत्साहले मेला वर्षमा दुई पटकसम्म हुन आवश्यक रहेको बताउनु भयो ।

मेलामा प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादीरहित कृषि आदिका बारेमा जानकारी समेत दिइएको थियो । मेलामा देशभरबाट उद्यमी,अनुसन्धानकर्ता, विद्यार्थी, किसानहरुले अवलोकन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);