वडा नम्बर १० को कार्यालयसँगैको सरकारी जग्गामा महानगरको डोजर अझै चलेन ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

वडा नम्बर १० को कार्यालयसँगैको सरकारी जग्गामा महानगरको डोजर अझै चलेन !

काठमाडौं,१४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै अतिक्रमणमा परेको जग्गामा डोजर लगायो । तर, कांग्रेस नेता मधुसुदन अधिकारीको दाइले हडपेको सरकारी जग्गामा भने त्यो डोजर लागेन । यसले वडाका जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको हो ।

मधुसुदन नेपाली कांग्रेस वडा नम्बर १० को इकाई सचिव हुन् । उक्त इकाइको सभापति काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी आफै छन् । त्यसैले उनीहरुको मिलेमतोमा अधिकारीको दाइले हडपेको सरकारी जग्गामा डोजर नचलेको आरोप लागेको हो ।

सबैको जग्गामा डोजर चल्दा अधिकारीले भने जोगाउन सफल भएका छन् । त्यस्तै वाणगंगा समाजले हडपेको सरकारी भवन पनि त्यसै छाडिएको छ । उक्त समाजको सचिव पनि कांग्रेस नेता अधिकारी नै हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधिले राजनीतिक प्रतिशोध र पक्षपातका आधारमा काम गर्दै आएका छन् भन्ने यो घटनाले पुष्टि गरेको छ । आफ्नालाई जोगाउने र अर्कालाई ठोक्ने नितिले महानगरेकै बदनाम भएको चर्चा चल्न थालेको हो । स्वास्थ्यलाइभ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);