प्रधानन्यायाधीश श्रेष्ठको प्रश्नः अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

प्रधानन्यायाधीश श्रेष्ठको प्रश्नः अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?

काठमाडौं, १२ माघ ||
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गर्नुभएको छ । कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उहाँको भनाई थियो । नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । उहाँले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गर्नुभयो । त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उहाँले बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिनुभयो । प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);