भृकुटीमण्डपमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

भृकुटीमण्डपमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी शुरु

काठमाडौं,१२ माघ । कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शर्नी शुरु भएको हो ।

छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी यस पटक काठमाडौंमा गरिएको हो । देशभरका किसानहरुलाई कृषिबारे जानकारी गराउने उद्देश्यसहित मेला काठमाडौंमा गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । मेलाबाट किसानहरुले नयाँ प्रविधिको बारेमा जानकारी पाउनेछन् ।

प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । प्रदर्शनीको निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);