स्नान, दान, व्रत र तपस्याको विशेष महत्व बोकेको माघ महिना | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

स्नान, दान, व्रत र तपस्याको विशेष महत्व बोकेको माघ महिना

काठमाडौं,१२ माघ । सनातन धर्ममा प्रत्येक महिनाको विशेष महत्व छ । माघ महिनालाई धेरै पवित्र महिना मानिन्छ । यस महिनामा स्नान, दान, व्रत र तपस्याको विशेष महत्व रहेको छ । माघ महिनामा भगवान विष्णु, भगवान श्रीकृष्ण, सूर्य देवता र माता लक्ष्मीको पूजा गर्नाले साधकले सुख, समृद्धि र ऐश्वर्य प्राप्त गर्ने मान्यता रहेको छ । यस महिनामा केही विशेष उपाय गरेमा मानिसको जीवनमा आउने समस्याबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । आउनुहोस् जानौं माघ महिनाका उपायहरु ।

माघ महिनाको उपाय
–माघ महिनाको शनिबार कालो उडद र कालो तिल कपडामा बाँधेर गरिबलाई दान गर्नुहोस् । यो उपाय गर्नाले साधकलाई भगवान शनिदेवको आशीर्वाद प्राप्त हुने बताइन्छ । आर्थिक संकटबाट पनि राहत मिल्छ ।

– माघ महिनामा हरेक दिन कालो तिल र जलले शिवलिंगको अभिषेक गर्नुहोस्। यस समयमा निम्न मन्त्रको जप गर्नुहोस्। यसो गर्नाले रोगबाट मुक्ति मिल्ने जनविश्वास छ ।

’ओम नमः शिवाय’

– माघ महिनामा प्रतिदिन तुलसीको नजिक दीप प्रज्वलन गरी पूजा गर्नुहोस् । शास्त्रमा यो पनि भनिएको छ कि खाँचोमा परेकाहरूलाई न्यानो वस्त्र दान गर्नाले देवी–देवता प्रसन्न हुनुका साथै सबै दुःखहरू हट्छन्।
–यदि तपाईको तिजोरीमा पैसा टिक्दैन भने परिवारका सबै सदस्यमा कालो तिल सात पटक छर्केर घरको उत्तर दिशामा फालिदिनुहोस् । विश्वास अनुसार यो उपाय गर्नाले आर्थिक हानि नहुनुका साथै आर्थिक लाभ मिल्ने गर्दछ ।

Leave a Reply