खान युनिसका दुई अस्पताल नजिक भीषण लडाइँ, इजरायली बमबारीमा ५० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

खान युनिसका दुई अस्पताल नजिक भीषण लडाइँ, इजरायली बमबारीमा ५० जनाको मृत्यु

एजेन्सी,१२ माघ । यहि साता दुई दिनमा २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा आक्रमण गरिरहेको छ । खान युनिस सहरका दुई प्रमुख अस्पताल वरिपरि भीषण लडाई जारी छ । इजरायलले गाजाको दोस्रो ठूलो सहरमा गरेको पछिल्लो बमबारीमा ५० जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ ।

यसैबीच, संयुक्त राष्ट्र संघको कार्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । इजरायली ट्याङ्कले बुधबार यस कार्यालयमा आश्रय लिएका ८०० व्यक्तिमाथि गोली प्रहार गरेको थियो। गाजा प्रशासनका अनुसार इजरायली सेनाले अस्पतालहरूलाई निशाना बनाएको छ भने इजरायली सेनाले हमासका लडाकुहरूले अस्पतालहरूमा अड्डाहरू बनाएको र त्यहाँबाट आक्रमणहरू गरिरहेको आरोप लगाएको छ। सबैभन्दा ठूलो गाजा सहरमा आफ्नो नियन्त्रण स्थापित गरेपछि इजरायली सेनाले अहिले खान युनिसमा कारबाही गरिरहेको छ ।

प्रशासनका अनुसार हमास र इस्लामिक जिहादको गढ रहेको सहरमा इजरायली सेनाले कडा प्रतिरोधको सामना गरिरहेको छ। इजरायली सेनाका ट्याङ्क र बख्तरबंद गाडीहरूले सहरलाई घेरा हालेका छन्। जमिन आक्रमणसँगै इजरायली विमानहरूले पनि शहरमा लगातार बमबारी गरिरहेका छन्। सहरमा जताततै आगो लागेको छ र त्यसको धुवाँ आकाशमा रहन्छ।

प्रशासनका अनुसार इजरायली सेनाले सीमित स्रोतसाधनमा सञ्चालित दुई ठूला अस्पताल नासेर र अल–अमललाई निशाना बनाएका छन्। इजरायली आक्रमणबाट बच्न शरण लिएका स्वास्थ्यकर्मी, बिरामी र हजारौं मानिसहरू त्यहाँ फसेका छन्, जबकि इजरायली सेनाले यी मानिसहरूको आवरणमा हमास लडाकुहरूले सैनिकहरूलाई आक्रमण गरिरहेको बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);