श्रीमतीको हत्या गरेको अभियोगमा पुन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

श्रीमतीको हत्या गरेको अभियोगमा पुन पक्राउ

सल्यान,१० माघ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ  परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै–झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका–५ ढाकुडाँडास्थित जंगलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);