नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील गराउन महानिरीक्षक कुँवरलाई अध्यक्षको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील गराउन महानिरीक्षक कुँवरलाई अध्यक्षको निर्देशन

काठमाडौं,१० माघ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेशी समुदायलाई लक्षित गरी गालि गलौच, अपमानजनक शब्द प्रयोग गर्ने, नश्लीय व्यवहार गर्ने व्यक्ति वा संस्थालाई कारवाही गर्न प्रहरीलाई संवेदनशील र सचेत बनाउन नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरलाई निर्देशन दिएका छन् ।

आयोगको कार्यलयमा अध्यक्ष डा.दत्त र महानिरीक्षक कुँवर बीच भएको भेटमा अध्यक्ष डा.दत्तले आयोगमा दर्ता भएका नश्लीय व्यवहार संग सम्बन्धित उजुरी माथि कडा कारवाही गर्न आयोगले समय समयमा प्रहरीलाई पत्राचार गरेपनि न्यून उजुरी माथि मात्र कारवाही हुनु दुखद रहेको बताएका छन् ।

अध्यक्ष डा.दत्तले तराई मधेशमा दिन प्रतिदिन बढ्दै गएको घरेलु हिँसालाई रोकथाम गर्न आयोग र प्रहरीको समन्वयकारी भूमिका आवश्यक रहेको समेत बताएका छन् । अध्यक्ष डा।दत्तले नेपाल–भारत सिमामा देखा परेका विभिन्न समस्याहरु लाई समाधान गर्न आयोग र नेपाल प्रहरीको उच्चस्तरीय टोली अनुगमनको लागि समेत पठाउन आवश्यक रहेको बताउदै सोको लागि आवश्यक सहजीकरण गरिदिन समेत अनुरोध गरेका छन् ।

सो बैठकमा बोल्दै महानिरीक्षक कुँवरले प्रहरी नश्लीय व्यवहारको घटना प्रति सचेत रहेको र आयोगसंग समन्वय तथा सहकार्य गरी आगामी दिनमा यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न आवश्यक रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सो बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकराज तामांग, वरिष्ठ प्रहरी उपरीक्षक शिशिर खनाल, आयोगकी उप–सचिव सविता डंगोल सहितको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);