आन्तरिक किचलोलाई देखाएर कास्कीलाई अवसरबाट बन्चित नगर्न गुरु बरालको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

आन्तरिक किचलोलाई देखाएर कास्कीलाई अवसरबाट बन्चित नगर्न गुरु बरालको चेतावनी

काठमाडौं,१० माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले जिल्लाको आन्तरिक झगडाकै बहानामा कास्कीलाई अवसरबाट बन्चित नगर्न चेतावनी दिएका छन् । आफ्नो जिल्लामा पार्टीभित्रका प्रतिस्पर्धी धेरै भएकै कारण अवसरबाट बन्चित गर्ने निरन्तर प्रयास भइरहेको उनको भनाइ छ ।

“ठुलो जिल्ला छ, विभिन्न कालखण्डका आन्दोलनमा होमिएका साथीहरु हुनुहुन्छ÷छौं, सबैजना अवसरको पर्खाईमा छौं तर, हाम्रा आन्तरिक झगडालाई देखाएर अवसर अन्त नदिइयोस् । खबरदार” नेपाली कांग्रेस कास्की जिल्ला सम्मेलन २०८० समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “स्याङ्जामा प्रतिनिधी सभामा २ सिट छ दुवैसिट कांग्रेसलाई चाहियो गठबन्धनमा, तनहुँमा २ सिट छ दुवैसिट नै गठबन्धनमा कांग्रेसलाई चाहियो । डा.साप नवलपुरमा पनि २ सिट छ दुवै सिट गठबन्धनमा कांग्रेसलाई चाहियो अनि कास्की जिल्ला डम्पिङ साइट हो ?”

बरालले कांग्रेस कास्की भित्र आन्तरिक बेमेल देखाएर निरन्तर कांग्रेसलाई कमजोर बनाए अब सहेर नबस्ने चेतावनी दिए । उनले भने,“कांग्रेसलाई निरन्तर कमजोर देखाउने प्रयत्न नबनोस्, अब कास्की सहनेवाला छैन् ।”

कांग्रेस न्याय स्थापित गर्ने पार्टी भएको जिकिर गर्दै युवा नेता बरालले भने,“कांग्रेसले समान अवसर वितरण गर्छ, समानुपातिक अवसर प्रदान गर्छ, कांग्रेसका आम कार्यकर्ता त्यही मुल्य र मान्यतामा लागेका हुन् ।” आन्तरिक द्धन्द्ध भएपनि सबै एकजुट भएर उभिनुपर्नेमा उनले जोड दिए ।

आफुहरु संगठनमा एक भएको र हुनुपर्ने जरुरी रहेको भन्दै बरालले नेपाली कांग्रेसको आन्तरिक एकताले मात्रै एक्लै लड्ने कांग्रेस निर्माण गर्न सकिने बताए । “त्यसैले मतमतान्तर, अलमलहरु बिर्सेर एकजुट हुनुपर्छ, कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । त्यसैले कांग्रेस भएर प्रतिबद्ध भए लाग्न अनुरोध गर्दछु ।”–नेता बरालले भने ।

कास्कीको विकासमा कांग्रेसको तर्फबाट धेरैै अफ्ठेरोमा परेको बरालको दाबी छ । उनले भने“कांग्रेसकै कारण कास्की धेरै ठाउँमा ठगिएको छ,धेरै ठाउँमा अन्यायमा परेको छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);