प्रधानमन्त्रीद्धारा सशस्त्रको प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

प्रधानमन्त्रीद्धारा सशस्त्रको प्रशंसा

काठमाडौं,१० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धि उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उहाँले सशस्त्र प्रहरी बलमा आवद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउन उच्च प्राथमिकता दिने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनासो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो । उहाँले सूचना प्रविधिको परिचालन राष्ट्रिय हित अनुकुल गर्न पनि सशस्त्र प्रहरी बललाई सचेत गराउनु भयो । प्रधानमन्त्रीले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन संवेदनशील रहेको बताउनुभयो । मन्त्रीश्रेष्ठले कार्यस्थलमा प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कामगर्न निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलमा रहेको कल्याणकारी कोष बहालवाला एवं अवकाश प्राप्त सक्कल दर्जा, वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसमेतलाई लाभ हुनेगरी थप नयाँ कार्ययोजनाका साथ अघि बढाउन निर्देशन दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);