‘सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक’ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

‘सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक’

काठमाडौं,१० माघ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको बताउनुभएको छ । मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताउनु भयो । उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बिओपीहरु, अत्याधुनिक उपकरणहरु र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धकासाथ समन्वय र सहकार्य गरिरहेको बताउनु भयो । उहाँले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताउनु भयो। उहाँले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताउनु भयो । अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नविन कार्यक्रमहरु शुरुवात गरिएको बताउनु भयो । उहाँले उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कुनैपनि सार्वभौम राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुन्छ । हामी राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेका छौं । सशस्त्र प्रहरीको अध्ययनले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको देखाउँछ । यसको लागि अत्याधुनिक केही उपकरणहरु थप जनशक्तिको अरिहार्यता छ । साथै सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्र्रपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य भइरहेको छ । राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो हुँदैन । सीमा क्षेत्रका नागरिकको मन र विश्वास जिती परिचालित हुनसके मात्रै प्रभावकारी हुन्छ भन्ने निस्कर्ष छ । यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छौं । सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणाअनुसार नविन कार्यक्रमहरु शुरुवात गरेका छौं । यसलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न सकिन्छ भन्ने संङगठन आशावादी छ । काल्याणकारी सेवामार्फत यसै वर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाती,दलित र अल्पसंख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था र प्रदेशस्तरिय स्वास्थ्य शिविर गरिने छ । सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्युनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउनेछौं ।’

उहाँले काल्याणकारी सेवामार्फत यसैवर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाती,दलित र अल्पसंख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था गरिने बताउनु भयो । उहाँले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्युनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);