सरकारलाई संसदीय समितिको निर्देशनः वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धि प्रतिवेदन तत्काल बुझाउनू | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सरकारलाई संसदीय समितिको निर्देशनः वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धि प्रतिवेदन तत्काल बुझाउनू

काठमाडौं, ९ माघ ||
संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले सो निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धि सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धि हालसम्मको अध्ययन प्रतिवेदन छिटो भन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताउनु भयो । त्यसैगरी समितिले प्र्र्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भिर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);