अरुण गोभिलले भने–भगवानको भूमिका नबनाएको भए सायद म बाँच्न सक्ने थिइनँ | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

अरुण गोभिलले भने–भगवानको भूमिका नबनाएको भए सायद म बाँच्न सक्ने थिइनँ

काठमाडौं,९ माघ । अरुण गोविल रामानन्द सागरको सिरियल रामायणमा भगवान रामको भूमिकामा देखिएका थिए । जहाँ एकातिर उनले यो भूमिका गरेपछि फ्यानबाट अथाह माया पाए, अर्कोतर्फ उनको करियरमा पनि यसले असर गरेको थियो । यो सिरियल गरेपछि अरुण गोविल टाइम कास्ट भए ।

व्यावसायिक सिनेमामा उनको करियर लगभग सकिएको थियो । जसका कारण उनी भगवान रामको भूमिका निर्वाह गर्नु गल्ती हो कि भनेर सोच्न बाध्य भए । अरुण गोविल आफैंले हालैको एक अन्तर्वार्तामा यी सबै कुरा भनेका छन् । अरुण गोविललाई भगवान श्रीरामको भूमिका खेल्न निषेध गरिएको थियो

न्युज १८ लाई दिएको अन्तर्वार्तामा अरुण गोविलले रामायण सिरियल गरेपछि आफ्नो करियर प्रभावित भएको बताए । उनले भने,‘रामायण गर्नुअघि म व्यावसायिक कलाकार थिएँ । राम्रो काम गरिरहेको थिएँ तर रामायणमा काम गरेपछि त्यहाँ काम गर्न सकिनँ । त्यसैले मैले यो गल्ती हो भनेर सोच्न थालें ।’ एक अभिनेताको हैसियतमा तपाईले कमर्शियल सिनेमामा काम गरिरहनु भएको छैन भने तपाईले केही गर्नुहुन्न । त्यतिबेला पौराणिक शोमा काम गर्नु ठूलो कुरा थिएन । मेरा साथीभाइ र परिवारका मानिसहरूले भने–रामायण किन गरिरहनुभएको छ ? यसले खासै नाफा ल्याउने छैन । यस्तो काम गरेर तिमी यसमा फस्नेछौ ।’ यसको जवाफमा मैले भनेँ– ‘थाहा छैन, तर मैले गर्ने सोच बनाएको हुनाले गर्न दिनुहोस् ।’

यसो गरेपछि उनले अभिनेताका रूपमा धेरै कठिनाइको सामना गर्नुपरेको थियो । तर, दर्शकबाट धेरै माया पाएपछि मैले यो कुरा बुझेँ । यदि म व्यवसायिक कलाकार भएको भए यति धेरै माया पाउने थिएन । अहिले यो भूमिका नगरेको भए जीवन जिउन सकिनँ भन्ने लागेको छ ।

अरुण गोविलले पनि फ्यानबाट पाएको मायाको कुरा गरेका छन् । उनले भने, ‘मैले जति माया र सम्मान पाएको छु, यत्तिको प्रशंसा कुनै सामान्य व्यक्तिले पाएको भए काँधमा टाउको राखिने थिएन । म अक्सर सोच्दछु कि मानिसहरूले ममा के देख्छन ? भगवानले मलाई यो सबै दिनुहुन्छ र म आफैलाई भन्छु कि उहाँले जे दिनुहुन्छ, लिनुहोस्। उहाँले मलाई धेरै आशिष दिनुभएको छ । तर, यसमा मेरो कुनै श्रेय छैन, मैले केही गरेको छैन, म एउटा माध्यम मात्र हुँ ।’

८७ एपिसोडको रामायण सिरियल पहिलो पटक सन् १९८७ मा प्रसारण भएको थियो । टिभी शो रामायण रामानन्द सागर द्वारा बनाईएको थियो। सिरियलमा रामको भूमिका अरुण गोभिल, सीताको भूमिका दीपिका चिखलिया, रावणको भूमिका अरविन्द त्रिवेदी, लक्ष्मणको भूमिका सुनिल लाहिरी र हनुमानको भूमिका दारा सिंहले निभाएका छन् । रामायण पहिलो पटक २५ जनवरी १९७७ मा दूरदर्शनमा प्रसारण भएको थियो। यसको अन्तिम एपिसोड घज्ञ जुलाई १९८८ मा प्रसारित भयो। यस सिरियलमा जम्मा ८७ एपिसोड थिए ।

सिरियलको लोकप्रियता यति बढ्यो कि टिभीमा आउँदा जताततै सन्नाटा छायो । घरबाहिर कर्फ्यु जस्तो अवस्था थियो । आफूले बनाएको सिरियल यति ऐतिहासिक बन्नेछ भन्नेमा रामानन्द सागर आफैंलाई विश्वास थिएन ।

Leave a Reply