चीनको सिनजियाङमा ७.२ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

चीनको सिनजियाङमा ७.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी,९ माघ । सोमबार (२२ जनवरी) राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् ।

भूकम्पपछि ४० वटा परकम्प पनि परेका छन् । भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ । विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको धक्का दिल्ली सहित उत्तर भारतका धेरै सहरहरूमा महसुस गरिएको थियो। यसअघि जनवरी ११ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा दिउँसो २ बजेर २० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । जसका कारण पाकिस्तानको इस्लामाबाद, रावलपिण्डी र जम्मु कश्मीर, जयपुरदेखि भारतको दिल्ली–एनसीआरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको तीव्रता ६ दशमलव १ मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र हिन्दुकुशमा जमिनबाट करिब २२० किलोमिटर तल थियो। हाम्रो पृथ्वीको सतह मुख्यतया ७ वटा ठूला र धेरै साना टेक्टोनिक प्लेटहरू मिलेर बनेको छ । यी प्लेटहरू निरन्तर तैरिरहन्छन् र कहिलेकाहीँ एकअर्कासँग ठोक्किन्छन् । धेरै पटक ठोक्किएर प्लेटका कुनाहरू झुक्छन् र धेरै दबाब पर्दा यी प्लेटहरू भाँच्न थाल्छन्। यस्तो अवस्थामा तलबाट निस्कने उर्जाले बाटो खोज्छ र यस विघ्नपछि भूकम्प आउँछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);