काठमाडौंमा भेटिए नक्कली डाक्टर | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

काठमाडौंमा भेटिए नक्कली डाक्टर

काठमाडौं,९ माघ । दुरदराजमा त नक्कली चिकित्सक भेटिएका समाचार सुनिरहेका थियौं तर अहिले काठमाडौंमै पनि यस्तो घटना बाहिर आएको छ ।

नेपाल मेडिकल काउन्सिलको वेवसाइटमा एनएमसी नम्बर ९६७० को कार्ड बोकेर शम्बुद्ध भट्टाचार्यले बिरामी जाचिरहेका छन् । सो नम्बरमा गोरखाकी एक एमबीबीएस डाक्टरको नाम आउँछ ।

उनले ३ वर्षदेखि बिरामी जाँचिरहेका छन् । उनीसँग त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कन्सल्ट्यान्ट फिजिसियन भएको कार्ड पनि छ । तर उनले अस्पतालमा काम भने कहिल्यै गरेको अस्पतालमा रेकर्ड छैन् ।

उनीसँगै तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरसहितको प्रशंसापत्र पनि बोकेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय,बानेश्वरले उनलाई पक्राउ गरेको हो । उनले टोखास्थित बसुन्धरासस्थित द्यौलागिरी हिमाल पोलिक्लिनक प्रालिबाट पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);