त्रिविमा उपकुलपति बन्न ४३ जनाको आवेदन | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

त्रिविमा उपकुलपति बन्न ४३ जनाको आवेदन

काठमाडौं,९ माघ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो । त्रिविको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ ।

त्यसरी आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्राध्यापक डाक्टर शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह लगायतका रहेका छन् । २०७६ सालमा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिँदै छ ।

खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएका छन् । त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो ।

यसअघि पुस २० मा जारी भएको सूचनामा विरोध भएको थियो । विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने समेत मापदण्ड तोकिएपछि विरोध भएको थियो । त्यसपछि कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले दोस्रो पटक १५ दिने सूचना जारी गरेको थियो । जुन सूचनाको म्याद सोमबार सकिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);