जनसंख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेनः सांसद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

जनसंख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेनः सांसद पाण्डे

काठमाडौ, ८ माघ ||
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसंख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसावले छुटेको बताउनु भयो । जनसंख्या छुट्ने कुरा गम्भीर रहेको र जनसंख्यासम्बन्धीका केही तथ्यांकहरु डरलाग्दो रहेको बताउनु भयो । उहाँले १५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताउनु भयो । सांसद पाण्डेले जनसांख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);