आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, ८ माघ । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिंदा आफ्नो सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन सबै प्रदेशलाई पत्राचार गरेको छ ।

परीक्षार्थीहरुलाई प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गरी परीक्षा दिन बाध्य पार्ने र सो बापत प्रशिक्षण केन्द्रहरुले मनोमानी रुपमा शुल्क असुल्ने गरेको उजुरी पछि स्वेच्छाले आफ्नो सवारी प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको हो ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपालका कानुनमा परीक्षार्थीहरुले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था नभएको उल्लेख छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);