‘ट्राफिक जरिबानाबाट उठेको रकम प्रदेशले नै पाउनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

‘ट्राफिक जरिबानाबाट उठेको रकम प्रदेशले नै पाउनुपर्छ’

money

काठमाडौं,८ माघ । प्रदेशका यातायातमन्त्रीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत उठेको जरिबाना प्रदेश सरकारले नै प्रयोग पाउनुपर्ने माग गरेका छन् । आईतवार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखे ।

छलफलका क्रममा बोल्दै मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले ट्राफिक नियम उल्लंघन गरेको जरिबाना प्रदेश सरकारलाई नै प्रयोग गर्न दिन आग्रह गर्नुभयो । उहाँले कोशीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा विद्य्ुतीय बस सेवा शुरु गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ट्राफिक नियम उल्लंघन गरेको जरिबाना उठाउँछौँ । त्यो केन्द्रमा आउँदो रहेछ, त्यो प्रदेश सरकारलाई नै दिन पाए राम्रो हुन्थ्यो । प्रदेशको राजश्व बढ्छ । हुनुपर्ने पनि त्यही नै हो । इलक्ट्रिक भेकलको कुरा छ । कोशीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा इ.भेकल शुरु गरौँ । बस नै सञ्चालन गरौँ ।’

छलफलमा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आउने यातायातसम्बन्धी ऐनमा ट्याक्सीको सिण्डिकेट हटाउनुपर्ने बताउनु भयो । उहाँले २० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउने कुराको अन्त्य हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी पोखरामा ट्याक्सीवालासँग लड्दा लड्दा हैरान छ । मिटरमा चलाउन धेरै प्रयास त ग¥यौँ तर सकेका छैनौँ । अब ऐनमा ट्याक्सीको सिण्डिकेट हटाउनुपर्छ । २० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउँछ । यो व्यवस्थालाई विभागले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ ।’ मन्त्री जुग्जालीले पोखरामा ट्याक्सीहरु मिटरमा हिँड्न नमान्दा समस्या आइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);