मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख अहिराजले धोबीखोला हडपेर घर बनाएकै हुन त ? | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख अहिराजले धोबीखोला हडपेर घर बनाएकै हुन त ?

काठमाडौं,८ माघ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा। राजेश झा ९अहिराज० साबिक धोबीखोला हडपेर घर बनाएको पुष्टि भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारका अनुसार उनको घरले आधाभन्दा बढी सरकारी जग्गा हडपेको पाइएको छ । वडा कार्यालय र नापीको संयुक्त टोलीले नापी गर्दा डा। राजेश अहिराजको साढे ५ तले घरको आधाभन्दा बढी भागले सरकारी जग्गा हडपेको हो ।

धोबीखोला हडपेर डा. राजेश अहिराजले बनाएको साढे ५ तले घर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि डा। राजेश अहिराजको घर नापी भएको थियो । उक्त नापीले उनको घरमा रातो चिन्ह लगाएको छ । सरकारी जग्गामा घर बनेको पाइएपछि अख्तियारको निर्देशनमा डा । राजेश अहिराजको घरमा रातो चिन्ह लगाइएको हो ।

रेखाङ्कनमा परेको डा. राजेश झाको घरको भाग
स्वास्थ्य लाइभले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा। राजेश अहिराजले धोबीखोला हडपेर घर बनाएको खुलासा गरेको थियो । उक्त खुलासालगत्तै उनले नगर १० सिट नम्बर १०२(११४६(०२ कित्ता नम्बर ४३१ मा बनेको २ तले घर भत्काएका थिए । साबिक धोबीखोला हडपेर बनाएको उक्त २ तले संरचनाबाट डा। राजेश अहिराजले मासिक लाख बढी भाडा लिइरहेको स्वास्थ्य लाइभले फेला पारेको थियो । त्यसलगत्तै उनी उक्त अवैध संरचना हटाउन बाध्य भए ।

 

स्वास्थ्य लाइभले डा.राजेश अहिराजको साढे ५ तले अर्को घर पनि साबिक धोबीखोलामा पर्ने दाबी गरेको थियो । नापी कार्यालयको फिल्डबुकमा बकाइदासँग कित्ता नम्बर ७३८ साबिक धोबीखोला उल्लेख छ । तर, उनले त्यो जग्गा आफ्नो पूर्जा भएको दाबी गर्दै आएका छन् । पछिल्लो रेखाङ्कनले भने स्वास्थ्य लाइभको दाबी र प्रमाणलाई धोबीखोला हो भन्ने पुष्टि गरेको छ ।

कित्ता नम्बर ७३८ साबिक धोबीखोला उल्लेख भएको फिल्डबुक
२०२२ सालको नापी नक्सा हेर्दा पनि डा। राजेश अहिराजको घर धोबीखोलाभित्रै पर्छ । उनले कसैसँग नक्कली पूर्जा किनेर वा बनाएर साबिक धोबीखोला मेरो हो भनेका त हैनन् भन्ने शंका उब्जिएको छ । डा। राजेश अहिराजले साबिक धोबीखोलामा घर बनाउने आँट कसरी गरे त्यो समेत थप खोजीको विषय हो ।

२०२२ सालमा नापी हुँदा धोबीखोला जनिएको नक्सा
अख्तियार दुरूपयोग अनुसन्धान आयोग र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतासँगै धोबीखोला करिडोरका भूमाफियाहरू भागाभाग भएको छ । उक्त सूचीमा पछिल्लो समय मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा। राजेश अहिराज थपिएका छन् । स्वास्थ्य लाइभको सरकारीरसार्वजनिक जग्गा खोजी अभियानमा उनको बदमासी पहिला नै खुलासा भइसकेको छ । त्यसलाई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत पुष्टि गरेको हो ।

डा. राजेश झा अहिराज र साबिक धोबीखोलामा बनेको उनको घर
बानेश्वर देवीनगर धोबीखोला करिडोरमै भूमाफिया इन्द्रकुमार चाम्लिङ, एमाले नेता हेमराज घिसिङलगायतले सरकारी जग्गा हडपेर घर बनाएका छन् । अख्तियार र काठमाडौं महानगरपालिकाले रेखाङ्कन गरेसँगै चाम्लिङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई भेट्न पुगेको सूचना स्वास्थ्य लाइभले प्राप्त गरेको छ । किराँतीको छोरो भूमाफिया नभए को हुन्छ भन्दै उनी अहिले विभिन्न निकायमा धाउन थालेका छन् । उक्त ठाउँ बनाउन आफ्नो पनि योगदान रहेको दाबी गर्दै चाम्लिङले सरकारी जग्गा आफ्नो पनि भएको बताउने गरेका छन् । उनले भत्काएर सरकारीरसार्वजनिक जग्गामा बनेको संरचना भत्काएर देखाउन सरकार र बालेनलाई चुनौती दिन थालेका हुन् । स्वास्थ्य लाइभबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);