सिनेटको मिति तोक्न स्वास्थ्यमन्त्रीलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सिनेटको मिति तोक्न स्वास्थ्यमन्त्रीलाई निर्देशन

काठमाडौं,८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले उपकुलपति डाक्टर कार्कीलाई कार्यकारिणी समितिको बैठक बोलाएर अन्तर्वार्ताको मिति तोक्न र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्न निर्देशन दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

Leave a Reply