इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने प्रचण्डको जोड | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने प्रचण्डको जोड

काठमाडौं,७ माघ । युगान्डाको भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजित असम्लग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा भाग लिई प्रचण्ड आज बिहान काठमाडौं अवतरण गरेका हुन् ।

उनी गत माघ ४ गते युगान्डा प्रस्थान गरेका थिए । आज बिहान प्रधानमन्त्रीको टोली कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन् । उनको सवारको क्रममा आधा घण्टा विमानस्थल अन्य उडान बन्द गराइएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डो¥याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);