क्यालिफोर्नियाका दुई सरकारी विद्यालयमा हिन्दी भाषा पढाइने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

क्यालिफोर्नियाका दुई सरकारी विद्यालयमा हिन्दी भाषा पढाइने

काठमाडौं,७ माघ । अमेरिकी विद्यालयमा हिन्दीलाई विश्व भाषाका रूपमा पढाउने निर्णय भएको छ । सिलिकन भ्याली भनेर चिनिने अमेरिकी सहर क्यालिफोर्नियाका दुईवटा सरकारी विद्यालयमा हिन्दी भाषा अध्ययन गर्ने विषयमा महत्वपूर्ण निर्णय भएको छ ।

फ्रेमोन्टमा रहेको ठूलो भारतीय अमेरिकी समुदायले यस निर्णयको स्वागत गरेको छ। यहाँका बासिन्दाले आफ्ना छोराछोरीलाई विद्यालयमा हिन्दी पढाउन माग गर्दै आएका थिए । फ्रिमन्ट, क्यालिफोर्नियामा सबैभन्दा धेरै भारतीय अमेरिकीहरू छन्। यस्तो अवस्थामा दुईवटा सरकारी विद्यालयमा हिन्दीलाई ऐच्छिक विषयका रूपमा पढाउने निर्णयको स्वागत भइरहेको छ ।

फ्रिमन्ट युनिफाइड स्कूल डिस्ट्रिक्ट (ँग्क्म्) बोर्डले हिन्दी भाषाको अध्ययनको लागि पाइलट प्रोजेक्ट सुरु गर्ने निर्णय गरेको छ । यसका लागि जनवरी १७ मा ४–१ मतले मतदान भएको थियो । अगस्टमा सुरु हुने २०२४–२५ सत्रमा हार्नर मिडल स्कूल र इरभिङ्टन हाई स्कूलको पाठ्यक्रममा हिन्दी समावेश गरिनेछ।

Leave a Reply