एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

एनआरएनएद्वारा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख सहयोग

काठमाडौं,७ माघ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार रुपैयाँ सहयोग गरेको छ ।

शनिवार काठमाडौंमा एनआरएनएले वैदेशिक रोजगारीको क्रममा कंगोमा निधन हुनुभएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ वितरण गरिएको एनआरएनएका अध्यक्ष बद्री केसीले बताउनु भयो । उहाँले परिवारका ३ जना पिता, श्रीमती र पुत्रलाई क्रमशः ३०, ३० र ४० प्रतिशत रकम प्रदान गरेको बताउनु भयो । अध्यक्ष केसीले ४० प्रतिशत पैसा छोराको नाममा मुद्दती खातामा जम्मा गरिदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । ती मध्ये धेरै असाध्यै अफ्ठ्यारो काम गरेका छन् । दैनिक रुपमा १२ देखि १५ वटा लाश हामीले बुझिरहेका छौँ । त्यही क्रममा कंगो मृत्यु हुनुभएका डोटीका सुरेश सिल्लाको मृत्यु भएको छ । उहाँको शवलाई त्यहाँ व्यवस्थापन गर्नुभयो । उहाँको परिवारमा ३ वर्षको छोरा र श्रीमतीमात्रै भएको कारणले त्यहाँका नेपालीहरुले २६ लाख रुपैयाँ पैसा उठाएर पठाउनुभएको थियो । त्यो पैसामध्ये ४० प्रतिशत पैसा छोराको नाममा मुद्दती खातामा जम्मा गरिदिने र ३० प्रतिशत श्रमतीलाई दिने र ३० प्रतिशत पैसाको बुबालाई दिने कार्यक्रम थियो । पैसा हस्तान्तरण गरेका छौँ ।’

अध्यक्ष केसीले वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये दैनिक रुपमा १२ देखि १५ वटा शव नेपाल आउने गरेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);