प्रधानमन्त्री कप क्रिकेटमा मधेससँग कर्णाली पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

प्रधानमन्त्री कप क्रिकेटमा मधेससँग कर्णाली पराजित

काठमाडौं,७ माघ । मधेस प्रदेशले शनिवार कर्णालीमाथि जितसहित जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता आत्मसात गरेको छ । हरिशंकर साहको अलराउन्ड प्रदर्शनमा मधेसले पाँचौं खेलमा तेस्रो सफलता प्राप्त गरेको हो । मधेसको जितमा हरिशंकरले ५० रनको अर्धशतकसँगै एक विकेट लिँदै अलराउण्ड प्रदर्शन गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शिर्ष तीनका ब्याटर चलेपछि मधेसले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा दुई सय ३२ रनको लक्ष्य प्रश्तुत ग¥यो । जवाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा एक सय ७० रनमै अलआउट भयो । कर्णालीले खराब शुरुवाती ग¥यो । कर्णाली चौथो ओभरमै १२÷२ को अवस्थामा पुग्यो ।

यस क्रममा कप्तान तथा ओपनर रविन्द्र शाही १ रन र हिमान्सु शाही २ रनमा आउट भए । दुवैलाई राजेश यादवले आउट गरेका हुन् । अर्का ओपनर विपिन शाहीले तेस्रो विकेटका लागि अर्जुन घर्तीसँग ४६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । तर विपिन ३१ रनमा बनाएर पवेलियन फर्किए । त्यसपछि विकेटकिपर अर्जुनले राम्रो साथ पाएनन् । लगातार विकेट पतन हुँदा कर्णाली २८.२ ओभरमा १०४÷७ को अवस्थामा पुग्यो । यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका दिनेश अधिकारीले उनलाई साथ दिए ।

यी दुईले आठौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै कर्णालीको आशा जीवन्त राखे । तर मधेसका बलर राजेश यादवले ४०औं ओभरमा दिनेशलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे । त्यसपछि खातामा थप पाँच रन जोड्दा कर्णालीले बाँकी दुई विकेट पनि गुमाउन पुग्यो । अर्जुन ५८ रनमा अर्जुन तिवारीद्वारा आउट हुन पुगे । उनको इनिङमा दुई चौका र दुई छक्का रह्यो । मधेसको बलिङमा राजेशले तीन विकेट तथा प्रदीप पासवानले दुई तथा रूपेश सिंह, अभिशेक तिवारी, रञ्जित कुमार, हरिशंकर र पवन पर्राफले समान एक विकेट लिँदै मधेसलाई सस्तैमा अलआउट गरे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले उत्कृष्ट सुरुवात ग¥यो । तर मध्यक्रम चल्न नसक्दा ठूलो योगफल भने बनाउन सकेन । कप्तान हरिशंकर र मयनको अर्धशतकमा मधेसले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३१ रनको योगफल बनायो । कप्तान हरिशंकर र मयनले समान ५० रन जोड्दा विकेटकिपर अनिल शाहले ४४ रन बनाए । हरिशंकरले ६१ बलमा ६ चौका प्रहार गरे । अनिलले ४४ बलमा चार चौका र दुई छक्का हिर्काए । मयनको अर्धशतकमा पाँच चौका रह्यो ।

अनिल र हरिशंकरले पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रन जोड्दै सानदार शुरुवात दिलाएका थिए । तल्लो क्रममा साथ नपाउँदा विशाल योगफल भने बनाउन सकेन । आठौं नम्बरका ब्याटर अभिशेक तिवारीले ३७ बलमा ३४ रन जोड्दै मधेसको इनिङ उकास्न मद्दत गरे । कर्णालीको बलिङमा दीपेन्द्र रावतले चार विकेट लिए । अनुज चनाराले दुई तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले समान विकेट लिए । मधेसको पाँच खेलमा ६ अंक छ भने चार खेल खेलेको कर्णालीको समान दुई हार र जितबाट चार अंक नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);