काठमाडौं,५ माघ । काठमाडौंबाट २ करोड रुपैयाँ स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट अवैध सो रकमसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।
बरामद गरिएको रकम डुन्डी कारोबारको हुन सक्ने प्रहरीले आंकलन गरेको छ ।
पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका छन् ।
अग्रवाल यसअघि पनि क्रिप्टोकरेन्सीको कारोबारमा पनि सम्लग्न रहेको बुझिएको छ ।




