इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानको आतंकवादी अड्डामा मिसाइल आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानको आतंकवादी अड्डामा मिसाइल आक्रमण

it’s possible to be angry

एजेन्सी,४ माघ । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आइआरजीसि) ले हालै इरान विरोधी आतंकवादी हमलाहरूको जवाफमा क्रमशः सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण शुरु गरेको छ ।

आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचेस्तानमा हालैका आतंकवादी हमलाहरूको प्रतिक्रियाको रूपमा आक्रमण गरेको बताएको छ । इजरायलले इरानी र प्रतिरोधी कमाण्डरहरूको हत्या गरेको छ । इराकी सुरक्षा स्रोतकाअनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

जनवरी ३ मा, दुई आत्मघाती आतंकवादीले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएका थिए ।

जसको परिणामस्वरूप ९० भन्दा बढीको मृत्यु भएको थियो । २८० जना घाइते भएका थिए । जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी आइएस आतंकवादी समूहले लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);